गृहपृष्ठ ∕ समाचार ∕ विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? दीप संञ्चार कात्तिक १३, २०७९ गते १९:५३ मा प्रकाशित आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ जहाज भारतको नयाँ दिल्लीका लागि उड्ने तरखरमा थियो । धमाधम ‘बोर्डिङ’ पास भइरहेको थियो । ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेका थिए ।तर, विमानस्थलका कर्मचारी आएर ‘बोर्डिङ’ पास रोक्न भनेसी चेक-इन काउन्टरले तत्काल बोर्डिङ पास रोक्यो । एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास भएका र हुन बाँकी रहेकालाई केहि समय रोक्न आग्रह गर्यो । सो उडानमा २५४ जना दिल्ली जाँदै थिए । तर, केहि समयपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरुलाई उडान रोकिएको जानकारी दिए ।बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डौबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए ।हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।जनतापाटीक्याटेगोरी : समाचारट्याग : #breaking, #नेपाल एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न