Techie IT
×
गृहपृष्ठसमाचारधादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा’ भीम गुरुङमाथि खुकुरी प्रहार

धादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा’ भीम गुरुङमाथि खुकुरी प्रहार


धादिङको नीलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा भीम गुरुङमाथि खुकुरी प्रहार भएको छ । नीलकण्ठ नगरपालिका–४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता ९डीएसपी० श्याम खत्रीले खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरुको टीम पठाएको जानकारी दिए । रातोपाटीसँग डिएसपी खत्रीले भने, खुकुरी प्रहार गरेको कम्प्लेन आएको छ, अनुसन्धान गर्न अफिसरहरू फिल्डमा छन् ।’

भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले खुकुरी प्रहार गरेको पीडितका आफन्तले जिकिर गरेका छन् । राधे तरुण दलको उपाध्यक्ष हुन् । खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ ।

 


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस