गृहपृष्ठ ∕ समाचार ∕ अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन दीप संञ्चार भदौ २७, २०७९ गते २०:०१ मा प्रकाशित अन्तरराष्ट्रिय ख्याती प्राप्त सि एन एन हिरो तथा पूर्व प्रदेश प्रमुख समेत रहेकी माईती नेपालकी संस्थापक अनुराधा कोइरालाले सात जुनी बिकास कोष उद्घाटन गरिन। सो ‘सात जुनी विकास कोष’ उपन्यासकार मणि नेपाली पनेरूले आफ्नो सर्वाधिक लोकप्रिय कृति सात जुनीको नाममा स्थापना गरेका हुन।उनले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाज सेवामा लगाउने भएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरूले गत महिना लोकार्पण भएको सो पुस्तकको बिक्रीबाट प्राप्त एक लाख रुपियाँ हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सीएनएन हिरो अनुराधा कोइरालामार्फत हेमा–पनेरू अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे।गोरखा जिल्लाको सौरपानीमा जन्मिई संयुक्त राज्य अमेरिका बस्दै आएका पनेरूले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका विविध समस्या समाधानमा उक्त कोषले काम गर्ने बताए । “यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासका लागि सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु ।यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ” उनले भने, “म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो ।” विश्वव्यापी सोचौँ र स्थानीय रूपमा काम गरौँ भन्ने यो आफ्नो एक सन्देश पनि भएको उनले बताए ।क्याटेगोरी : समाचारट्याग : #अनुराधा कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यपशुपतिमा बालाचर्तुदशीको तयारी पूराआजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुनेपरराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने जिम्मा जनसम्पर्क समितीलाई नै एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने हेर्नुहोस् तपाईको आजको राशिफल यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय