गृहपृष्ठ ∕ समाचार ∕ अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन दीप संञ्चार भदौ २७, २०७९ गते २०:०१ मा प्रकाशित अन्तरराष्ट्रिय ख्याती प्राप्त सि एन एन हिरो तथा पूर्व प्रदेश प्रमुख समेत रहेकी माईती नेपालकी संस्थापक अनुराधा कोइरालाले सात जुनी बिकास कोष उद्घाटन गरिन। सो ‘सात जुनी विकास कोष’ उपन्यासकार मणि नेपाली पनेरूले आफ्नो सर्वाधिक लोकप्रिय कृति सात जुनीको नाममा स्थापना गरेका हुन।उनले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाज सेवामा लगाउने भएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरूले गत महिना लोकार्पण भएको सो पुस्तकको बिक्रीबाट प्राप्त एक लाख रुपियाँ हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सीएनएन हिरो अनुराधा कोइरालामार्फत हेमा–पनेरू अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे।गोरखा जिल्लाको सौरपानीमा जन्मिई संयुक्त राज्य अमेरिका बस्दै आएका पनेरूले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका विविध समस्या समाधानमा उक्त कोषले काम गर्ने बताए । “यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासका लागि सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु ।यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ” उनले भने, “म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो ।” विश्वव्यापी सोचौँ र स्थानीय रूपमा काम गरौँ भन्ने यो आफ्नो एक सन्देश पनि भएको उनले बताए ।क्याटेगोरी : समाचारट्याग : #अनुराधा कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने