गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध दीप संञ्चार भदौ १९, २०७९ गते १८:३८ मा प्रकाशित दोहा- गत २ सेप्टेम्बरमा सम्पन्न भएको बागमती प्रदेश समन्वय परिसदको अधिवेशनप्रति गम्भीर असहमती जनाउँदै ५ जिल्ला संस्थाले सम्बन्ध तोडेको घोषणा गरेका छन्।उक्त प्रदेश समन्वय परिषदमा सामेल ७ वटा जिल्लामध्ये ५ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर घोषणा गरेका हुन्। पाँच जिल्ला रामेछाप सेवा समाज, दोलखा सेवा समाज, सिन्धुलि सेवा समाज, काभ्रेपलान्चोक सेवा समाज, र नुवाकोट सेवा समाजद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,“बागमती प्रदेश समन्वय परिषदमा सक्रिय रहेका सात वटा जिल्ला संस्थाका अध्यक्ष, विभिन्न अग्रज तथा समाजसेवी, बुद्धिजीवी, परिषदका कार्यसमिति एवं सल्लाहकारहरुको उपस्थितमा बसेको विशेष वैठक मार्फत भएको सर्वसम्मत निर्णय विपरीत अध्यक्ष लगायत अन्य कार्यसमिति घोषणा भएको बिषयमा हामी जिल्ला संस्थाहरूको गम्भीर आपत्ति रहेकोछ। ” विज्ञप्तिमा बाग्मती प्रदेश समन्वय परिषद कतारसँग जिल्ला संस्थाहरुको आगामी दिनहरुमा समन्वय, सहभागिता र कुनै प्रकारको सम्बन्ध नरहने जनाइएको छ। संयुक्त विज्ञप्ति मार्फत भनिएको छ “हामी जिल्ला संस्थाहरूको तर्फबाट कार्यसमितिमा सिफ़ारिश गरिएका पदाधिकारी तथा सदस्यहरूलाई आजकै मितीबाट लागु हुनेगरि फिर्ता बोलाउने निर्णय गरिएको छ। ”अधिवेशनको पूर्वसन्ध्यामा गत २६ अगस्त बागमती प्रादेशिक अन्तर्गत जिल्ला संस्था तथा सम्वन्धित प्रदेशका बुद्दिजिवीहरुको बैठकले अध्यक्षका प्रत्यासी रहेका कट्टेललाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित निर्णय गरेको थियो, जसमा अध्यक्षका अर्का प्रत्यासी राज देवकोटाले समेत सहमतिमा हस्ताक्षर गरेका थिए। “हामीले २६ अगस्त कै सहमति अनुसार अधिवेशन संचालन गर्ने तयारी गरेका थियौं, अध्यक्षका प्रत्यासी राज देवकोटाले बन्दसत्रमा आएर पून: अध्यक्षमा दावी रहेको जनाए” बन्द सत्र अध्यक्ष मण्डलका संयोजक सागर नेपालले बताए। बन्द सत्रमा लामो रस्साकस्सी पछि कट्टेलले विवादका विच आफु अध्यक्ष नबन्ने र बनी हालेपनि काम गर्न नदिने भन्दै आफ्नो सहज दावीबाट पछि हटेको जानकारी दिएपछि राज देवकोटालाई बन्द सत्रले अध्यक्ष घोषणा गरेको संयोजक नेपालले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #बागमती प्रदेश समन्वय परिषद कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप