गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध दीप संञ्चार भदौ १९, २०७९ गते १८:३८ मा प्रकाशित दोहा- गत २ सेप्टेम्बरमा सम्पन्न भएको बागमती प्रदेश समन्वय परिसदको अधिवेशनप्रति गम्भीर असहमती जनाउँदै ५ जिल्ला संस्थाले सम्बन्ध तोडेको घोषणा गरेका छन्।उक्त प्रदेश समन्वय परिषदमा सामेल ७ वटा जिल्लामध्ये ५ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर घोषणा गरेका हुन्। पाँच जिल्ला रामेछाप सेवा समाज, दोलखा सेवा समाज, सिन्धुलि सेवा समाज, काभ्रेपलान्चोक सेवा समाज, र नुवाकोट सेवा समाजद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,“बागमती प्रदेश समन्वय परिषदमा सक्रिय रहेका सात वटा जिल्ला संस्थाका अध्यक्ष, विभिन्न अग्रज तथा समाजसेवी, बुद्धिजीवी, परिषदका कार्यसमिति एवं सल्लाहकारहरुको उपस्थितमा बसेको विशेष वैठक मार्फत भएको सर्वसम्मत निर्णय विपरीत अध्यक्ष लगायत अन्य कार्यसमिति घोषणा भएको बिषयमा हामी जिल्ला संस्थाहरूको गम्भीर आपत्ति रहेकोछ। ” विज्ञप्तिमा बाग्मती प्रदेश समन्वय परिषद कतारसँग जिल्ला संस्थाहरुको आगामी दिनहरुमा समन्वय, सहभागिता र कुनै प्रकारको सम्बन्ध नरहने जनाइएको छ। संयुक्त विज्ञप्ति मार्फत भनिएको छ “हामी जिल्ला संस्थाहरूको तर्फबाट कार्यसमितिमा सिफ़ारिश गरिएका पदाधिकारी तथा सदस्यहरूलाई आजकै मितीबाट लागु हुनेगरि फिर्ता बोलाउने निर्णय गरिएको छ। ”अधिवेशनको पूर्वसन्ध्यामा गत २६ अगस्त बागमती प्रादेशिक अन्तर्गत जिल्ला संस्था तथा सम्वन्धित प्रदेशका बुद्दिजिवीहरुको बैठकले अध्यक्षका प्रत्यासी रहेका कट्टेललाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित निर्णय गरेको थियो, जसमा अध्यक्षका अर्का प्रत्यासी राज देवकोटाले समेत सहमतिमा हस्ताक्षर गरेका थिए। “हामीले २६ अगस्त कै सहमति अनुसार अधिवेशन संचालन गर्ने तयारी गरेका थियौं, अध्यक्षका प्रत्यासी राज देवकोटाले बन्दसत्रमा आएर पून: अध्यक्षमा दावी रहेको जनाए” बन्द सत्र अध्यक्ष मण्डलका संयोजक सागर नेपालले बताए। बन्द सत्रमा लामो रस्साकस्सी पछि कट्टेलले विवादका विच आफु अध्यक्ष नबन्ने र बनी हालेपनि काम गर्न नदिने भन्दै आफ्नो सहज दावीबाट पछि हटेको जानकारी दिएपछि राज देवकोटालाई बन्द सत्रले अध्यक्ष घोषणा गरेको संयोजक नेपालले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #बागमती प्रदेश समन्वय परिषद कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबढ्यो पेट्रोलियम पदार्थको मूल्यसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्ती धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी