Techie IT
×
गृहपृष्ठसमाचारबालेनको कदमको स्वागत

बालेनको कदमको स्वागत


सामाजिक सञ्जालमा धेरैले महानगरको अभियानको स्वागत गरेका छन्। यद्यपि कतिपयले महानगर र मेयर शाहको आलोचना पनि गरेका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्।

उनले बालेन्द्र शाहले बिहीवार बानेश्वरस्थित एउटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा नक्सा देखाउँदै गरेको तस्बिर राख्दै त्यस्तो प्रशंसा गरेका हुन्।

विवेकशील साझा पार्टीका पूर्व प्रवक्ता शरदराज पाठकले पनि ट्वीट गर्दै महानगरको कदमको स्वागत गरेका छन्।

पूर्व अर्थसचिव रामेश्वर खनालले ‘कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै गएकामा काठमाण्डूका मेयरले त्यसलाई भत्काउन थालेको’ भनेका छन्।

बिबिसी


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस