Techie IT
×
गृहपृष्ठसमाचारनिलम्बित प्रधानन्यायाधीश जबराविरूद्धका आरोपका प्रमाणहरू माग

निलम्बित प्रधानन्यायाधीश जबराविरूद्धका आरोपका प्रमाणहरू माग


संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै समितिको सचिवालयले तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायसँग माग गरेको हो ।

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्रशमशेर जबरा

तपाईको प्रतिक्रिया दिनुहोस