Techie IT
×
गृहपृष्ठसमाचारगण्डकी प्रदेश सरकारसँग एनआरएनएले सहकार्य गर्ने,अध्यक्ष थापाद्वारा मन्त्री खड्कासँग भेटघाट

गण्डकी प्रदेश सरकारसँग एनआरएनएले सहकार्य गर्ने,अध्यक्ष थापाद्वारा मन्त्री खड्कासँग भेटघाट


गैरआवासीय नेपाली संघ एनआरएनएले गण्डकी प्रदेश सरकारसँग शिक्षा र स्वास्थ्यको क्षेत्रमा
सहकार्य गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काबीच शनिवार साँझ भएको भेटमा गण्डकी प्रदेश सभा र संघबीच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

छलफलमा मन्त्री खड्काले गैरआवासीय नेपालीहरुसँग देशभित्र रहेका नेपालीहरुमा ठूलो अपेक्षा रहेको बताउँदै आगामी दिनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा मिलेर काम गर्न सकिने बताए ।

मन्त्री खड्काले भेटको क्रममा संघले सार्वजनिक अस्पताल तथा विद्यालयको स्तर सुधार तथा परोपकारको क्षेत्रमा नेपालमा उल्लेख रुपमा काम गर्न सक्ने बताए । उनले संघसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएका छन ।

भेटमा संघकी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले आफ्नो क्षमताले भ्याए सम्मको देशमा सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा बालबालिकाको शिक्षा तथा महिला स्वास्थ्यका क्षेत्रमा केन्द्रीत रहेर काम गर्ने प्रतिबद्धता जनाईन ।

थापाले सार्वजनिक विद्यालयको अवस्था कमजोर हुँदा अदक्ष जनशक्तिको संख्या बढेको प्रति चिन्ता व्यक्त गर्दै सार्वजानिक विद्यालयको सुधारको लागि सरकारलाई सुझाव दिईन । उनले गैरआवासीय नेपाली संघले सीपमूलक तालिम, महिलाहरुलाई छात्रवृत्ति लगायतका परियोजना संचालनमा ल्याउन खोजेको विषयमा जानकारी दिईन ।

थापाले गैरआवासीय नेपाली संघको स्वास्थ्य समिति अन्तरर्गत २ सय भन्दा बढी चिकित्सकहरुले सकृय रुपमा विदेशमा रहेका नेपालीहरुलाई स्वास्थ्य सेवा दिइरहेको चर्चा गर्दै आगामी दिनमा देशलाई आवश्यक परेमा गैरआवासीय नेपाली चिकित्सकहरुले समेत सहयोग गर्ने बताईन ।

भेटका क्रममा पोखराका विभिन्न सार्वजनिक स्थलमा सार्वजनिक शौचालय निर्माण, महिलाहरु स्वास्थ्य, टुहुरा बालबालिकको लागि शिक्षाको अवसर लगायतका विषयमा चर्चा भएको थियो । भेटमा गैरआवासीय नेपाली अभियन्ता नारायण थापाको समेत उपस्थिति रहेको थियो । भेटमा मन्त्री खड्काले संघकी अध्यक्ष थापाको आगामी कार्यकालको सफलताको शुभकामना दिँदै खादा लगाएर सम्मान गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस