Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारमा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर कार्यक्रम सम्पन्न

कतारमा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर कार्यक्रम सम्पन्न


दोका -कतारमा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन ग्रेन्डमल प्लाजा स्थित ग्राम बङ्गला रेष्टुरेन्टमा नवलपरासी सेवा समाज कतार, कार्ड्स अर्गनाइजेसन कतार र नेपलीज ब्रदर्श रुम कतारको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज २०७९ को दर खुवाउने कार्यक्रम भब्यरुपमा सम्पन्न भएको हो ।

एक सय जनाको उपस्थिति रहेको तिजको दर कार्यक्रममा ४० जना भन्दा बढी नेपाली चेली दिदीबहिनीहरुलाई तिजको दर खुवाइएको थियो । दर खाएर सबै नेपाली दाजुभाइहरु र दिदीबहिनीहरु तिजको गीतमा छमछमी नाचेका थिए जसले गर्दा नेपाली तिजको गीत संगीत र नाचले पुरै हल गुन्जायमान भएको थियो ।

नवलपरासी सेवा समाज कतार तथा कार्ड्स अर्गनाइजेसन कतारको अध्यक्ष  कृष्ण पन्थीको सभापति र नवलपरासी सेवा समाज कतारको संरक्षक तथा कार्ड्स अन्तरास्ट्रिय समितिका संयोजक  केबि हमालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा नवलपरासी सेवा समाज कतारकी महिला उपाध्यक्ष  सन्ध्या अर्यालले स्वागत भाषण गरेकी थिईन ।

प्रमुख अतिथि  केबि हमालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरेका थिए भने नवलपरासी, कार्ड्स र एनबिआरले सामाजिक कार्यमा फड्को मार्दै अघि बढेकोमा खुशी ब्यक्त गर्दै शुभकामना मन्तब्य  राखेका थिए। सभापति  कृष्ण पन्थीले नवलपरासी सेवा समाज कतार, कार्ड्स अर्गनाइजेसन कतार र नेपलिज ब्रदर्श रुम कतार यी तीन संस्था मिलेर संयुक्त रुपमा कार्यक्रम गर्दा दोहामा राम्रो सन्देश दिन सकिएको बताए ।

कार्यक्रममा अर्घाखाँची जिल्ला अध्यक्ष श्री टेकराज थापा, नेपाली महिला समाजकी सह कोषाध्यक्ष  मेनुका भण्डारी खतिवडा, कार्ड्स अर्गनाइजेसन कतारकी महिला उपाध्यक्ष नानु घले, कार्ड्स अन्तरास्ट्रिय सल्लाहकार द्वय हंसराज ढकाल र ध्रुबराज अधिकारी, लुम्बिनी प्रदेशका अध्यक्ष श्री बुद्ध पाण्डे र कार्ड्स अन्तर्राष्ट्रिय उपाध्यक्ष  दिपजङ शाहले शुभकामना मन्तब्य दिएका थिए ।

नवलपरासी सेवा समाज कतारका महासचिव दुर्गा हमालले सन्चालन र सहजीकरण गरेको  कार्यक्रममा नेपाली राष्ट्रिय गान गाउदा नेपाली राष्ट्रियता झल्किएको थियो भने नेपाल निर्माणमा आफ्नो ज्यानको आहुती दिने ज्ञात अज्ञात शहिदप्रति एक मिनेट मौन धारण गरि शहिदहरु प्रति सम्मान ब्यक्त गरिएको थियो ।

कार्यक्रममा नवलपरासी सेवा समाज कतारको संरक्षक समितीका सदस्य  प्रेम प्रसाद पौडेल, नवलपरासी सेवा समाज कतारको प्रमुख सल्लाहकार  सजन लौडारी, लुम्बिनी प्रदेशका अध्यक्ष  बुद्ध पाण्डे, कार्ड्स अन्तरास्ट्रिय सल्लाहकार द्वय हंसराज ढकाल र ध्रुबराज अधिकारी, कार्ड्स अर्गनाइजेसनकी महिला उपाध्यक्ष  नानु घले, कार्ड्स अर्गनाइजेसन कतारको महासचिव  डिल्लीराम भट्टराई, कार्ड्स अन्तर्राष्ट्रिय उपाध्यक्ष  दिपजङ शाह, नेपाली महिला समाज कतारकी सह कोषाध्यक्ष  मेनुका भण्डारी खतिवडा, नवलपरासी सेवा समाज कतारका सल्लाहकारहरु तथा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षज्युहरु एबम जिल्ला प्रतिनिधिहरुलाई आतिथ्यता ग्रहण गराइएको थियो ।

 


क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking, #तीज कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस