गृहपृष्ठ ∕ समाचार ∕ मटीतेल खन्याएर आगो लगाएर सासु र श्रीमतीको हत्या प्रयास मटीतेल खन्याएर आगो लगाएर सासु र श्रीमतीको हत्या प्रयास दीप संञ्चार साउन २२, २०७९ गते १९:३७ मा प्रकाशित महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् ।शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मटीतेल खन्याएर आगो लगाएका हुन् ।शनिबार राति भएको घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा फरार छन्। वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप