Techie IT
×
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनामा गरी ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ४४४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस