Techie IT
×
गृहपृष्ठसमाचार२४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस