Techie IT
×
गृहपृष्ठसमाचारथुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी

थुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी


अमेरिका र रुसका कारागारमा हिरासत र थुनामा राखिएका कैदीहरुलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेको बताए ।

ब्लिन्केनले हिरासतमा रहेका अमेरिकीहरू ब्रिटनी ग्रिनर र पल व्हेलनलाई रिहा गर्न अमेरिकाले राखेको “महत्वपूर्ण प्रस्ताव” स्वीकार गर्न उनले लाभरोभलाई दबाब दिएको बताए।

यो युद्ध सुरु भएयता दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो ।ब्लिन्केनले यसलाई “एक स्पष्ट र प्रत्यक्ष कुराकानी” भएको बताए ।

“मैले क्रेमलिनलाई पल व्हेलन र ब्रिटनी ग्रिनरको रिहाइको लागि राखेको ठोस प्रस्तावलाई स्वीकार गर्न दबाब दिएँ,” उनले भने।

युक्रेनको भागहरू गाभ्ने रुसको योजनामा ​​ब्लिन्केनले लाभरोभलाई ती कुराहरु कहिल्यै स्वीकार नगरिने बताए । उन्ले सॅसारले विलयलाई मान्यता नदिने बताए ।

रुसी विदेश मन्त्रालयले कैदी आदान प्रदान गर्ने बिषयमा यो कुराकानीको पुष्टि गर्दै यो अमेरिकाले सुरु गरेको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस