Techie IT
×
गृहपृष्ठसमाचारकोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु

कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु


मेरिल्याण्डको कोलम्बियामा  सवारी साधन दुर्घटना हुँदा  १२ वर्षीया बालिकाको  मृत्यु भएको छ ।

हावर्ड काउन्टी प्रहरीले गत आइतबार बिहान २ बजे ब्रोकन ल्यान्ड पार्कवेमा टोयोटा कोरोला चलाउँदै गर्दा क्र्याडलरक मार्गको दक्षिणतिर दुर्घटना भएको बताएका छन् ।

बालिकालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

एक ३६ बर्षिय पुरुषलाई गम्भीर चोटपटक लागेको कारण मेरील्याण्ड बिश्वबिद्यालयको आघात (ट्रमा) केन्द्रमा लगिएको छ ।

दुर्घटना भए पछि दुवै तिरको सडक करिब चार घण्टाको लागि बन्द गरिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना, #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस