Techie IT
×
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार नौ सय ४४ जनामा पीसीआर र एक हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन् । यही कारण कोरोनाको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य मापदण्डप्रति बेवास्ता गर्ने हो भने यसको जोखिम झने बढ्ने उनीहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस