गृहपृष्ठ ∕ समाचार ∕ अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती केसी अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती केसी दीप संञ्चार असार १९, २०७९ गते ७:३४ मा प्रकाशित काठमाडौं -पाँच वर्षअघि दाङ भालुवाङकी ज्योती केसीलाई ‘डिभि’ चिठ्ठाले अमेरिका तान्यो। उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो– पारिवारिक आर्थिक स्तर माथि उकास्ने। अर्थात उनका लागि अमेरिका मनग्य कमाई गर्ने केन्द्र बनेको थियो। तर अमेरिका उनका लागि आर्थिक कमाई गर्ने ‘शहर’ मात्रै बनिदिएन। उनका लागि अमेरिका अध्ययनरखोज अनुसन्धानको बिशाल ‘किताब’ पनि बनिदियो।अमेरिका पुगेको दुई वर्षसम्म ज्योती त्यहाँ रोजगारीमा लागिन् संगै अमेरिकाको जागिरे यात्राले उनलाई बृहत अध्ययनको बाटोमा लगायो। अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन्। सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन्।आर्थिक स्तर उकास्न अमेरिका रोजगारीमा रहेकी ज्योतीका लागि अमेरिकी वायु सेना बन्ने ‘ख्वाब’ जागिरहेको थियो। फलतः उनले अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालिसकेकी थिइन्। उनलाई अमेरिकी वायु सेनाका लागि अमेरिकी सरकारले छनौट गर्यो। ‘म अमेरिकामा अर्कै जागिरमा थिएँ, तर अमेरिकी वायु सेना बन्ने तयारी पनि गरिरहेको थिएँ,’ ज्योतीले भनिन्, ‘अमेरिकी सरकारले फ्रि कोटामा मेरो नाम निकालिदियो।’ अमेरिकी वायु सेनामा नाम निस्किएपछि उनको १३ महिनाको तालिम सुरु भयो। ‘अमेरिकी सरकारले मेरो क्षमताको कदर गर्यो र मलाई फ्रि कोटामा सेलेक्ट गर्यो,’ उनले भनिन्, ‘१३ महिनासम्म हाम्रो ट्रेनिङ चल्यो, अनि म एयर फोर्स आर्मी बनेँ।’झण्डै तीन वर्ष अमेरिकी वायु सेनाको जागिरकै क्रममा उनका लागि अन्तरिक्षयात्री बन्ने अर्को अवसर आयो। त्यसोत, अमेरिकी वायु सेना उनका लागि यो अवसर मात्रै थिएन, उनको जागिर सहजताका लागि थप कोशेढुंगा पनि थियो। ‘यो अवसर मेरा लागि निकै राम्रो थियो, मैले एयर फोर्सकै सहकर्मीहरुसंग पनि सल्लाह गरेँ, उहाँहरुले पनि धेरै राम्रो अवसर भन्नुभयो,’ उनले भनिन्, ‘अनि म यो अध्ययनका लागि पोल्याण्ड गएँ।’ अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन्। उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो। अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन्। यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो। उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन्। नागरिकबाटक्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #ज्योती केसी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट