गृहपृष्ठ ∕ समाचार ∕ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ दीप संञ्चार असार ५, २०७९ गते १७:५५ मा प्रकाशित कोटेश्वरस्थित गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठले आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्। श्रेष्ठले काठमाडौं -२ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।काठमाडौं-२ पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । नेपाल काठमाडौंबाहेक गृहजिल्ला रौतहटबाट पनि चुनाव लड्दैं आएका छन् । यसपटक उनी गृहजिल्ला छाडेर काठमाडौं-२ बाटै चुनाव लडेमा नेपालसँग श्रेष्ठको प्रतिस्पर्धा हुने निश्चित छ।सर्लाही स्थायी घर भएका श्रेष्ठ हाल काठमाडौं कोटेश्वरमा बस्दैं आएका छन् ।‘ प्रतिनिधि सभा सदस्यमा जहाँबाट पनि लड्न पाइने भएकाले काठमाडौं -२ रोजेको उनले बताए ।’ उनले समाज रुपान्तरणका लागि युवापुस्ताको भूमिका आवश्यक स्वास्थ्य क्षेत्रको उल्लेख्य सुधार गर्नुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको समेत उल्लेख गरे ।कमर्समा स्नातक गरेका श्रेष्ठले मेडिकल सेक्टरमा काम गरेको झण्डै १२ वर्षको अनुभव लिएका छन् । उनले सर्वांग, मेगा, गणेशमान, करुणा र समिट हस्पिटलमा काम गरिसकेका छन् । श्रेष्ठ कोभिड-१९ का बेला फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा सक्रिय रहेका थिए ।विश्व महामारी कोभिड- १९ को समयमा नेपालमा नेपाल र नेपाली नागरिक माहामारीबाट आक्रान्त भएको बेला स्वास्थ्यकर्मी डर र त्रासले आतंकित हुँदा निजी अस्पतालहरु कोरोनाको त्रासले अस्पतालको ढोका बन्द गरेको समयमा श्रेष्ठले आफ्नो जीवनको प्रवाह नगरी कोरोना संक्रमित बिरामीको उपचार मा २४ सै घण्टा स्वास्थ्यकर्मीसंग रहेर बिरामीको हेरचाह र हौसला दिने काम गरेका थिए।नेपाल सरकारलाई निजी अस्पतालबाट ठुलो यागदान पुर्याएका श्रेष्ठले स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालमा हुने लुटतन्त्र र राजनैतिक अस्थिरतालाई मध्यनजर गर्दै उम्मेदवार घोषणा गर्ने बताए।क्याटेगोरी : समाचारट्याग : #भुवन श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल