Techie IT
×
गृहपृष्ठसमाचारताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु


ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् ।

पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ । उनको घर अविरल बर्षाको कारण भत्किँदा उनी पुरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस