गृहपृष्ठ ∕ समाचार ∕ एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न अंकित रावल जेठ ३१, २०७९ गते ९:२४ मा प्रकाशित बाँके –एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले बाँके जिल्लाको बैंक तथा बित्तीय सेवाबाट वञ्चित राप्तीसोनारी गाउँपालिकाको वार्ड नं ५ र ९ मा बीमा सम्बन्धि छुट्टाछुट्टै छलफल कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको हो।वडा नं ५ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष झगरु थारुले गरेका थिए भने वडा नं ९ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष सोहनलाल थारुले गरेका थिए । दुबै कार्यक्रममा अगुवा कृषकहरु, विभिन्न सहकारीका प्रतिनिधिहरू, पशुपालनमा आबद्ध किसान तथा बीमा सेवाको जानकारी लिन चाहने विभिन्न सर्वसाधारणको उपस्थिति रहेको थियो ।एनएलजी इन्स्योरेन्स कम्पनीको नेपालगन्ज क्षेत्रीय प्रमुख विवेक भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बीमा सम्बन्धि जानकारी, छलफलमा उठेका जिज्ञासा तथा समस्याहरूको बारेमा एनएलजी इन्स्योरेन्सका चिफ कर्पोरेट मार्केटिङ बुद्ध प्रकाश सिंहले प्रकाश परेका थिए । साथै उनले बीमा सेवा तथा दाबी भुक्तानी प्रणालीलाई सर्वसुलभ र छिटो छरितो बनाउन कम्पनी जहिले पनि सकारात्मक रहेको बताएका थिए । कम्पनीले नाफा कमाउन भन्दा सर्वसाधारण जनताको समस्यामा सारथी बनेर राज्यप्रतिको दायित्व बोध स्थापनाकालदेखि गर्दै आएको बताए ।उक्त दुवै कार्यक्रममा अतिथिको रुपमा रहेका वडा अध्यक्षहरुले स्थानीय सरकारले किसानहरूलाई लाभ पुग्ने गरी बीमा कम्पनीसंग सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउँदै आगामी वर्षको बजेटमा यसलाई सम्बोधन गर्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।साथै पालिकाको विभिन्न स-साना वजार, टोल तथा किसानको घर घरमा पुगेर बीमा सम्बन्धि जानकारी गराई घुम्ती सेवा समेत प्रदान गरिएको थियो । यसरी घरदैलोमा आएर बीमा सम्बन्धि जानकारी तथा सेवा प्रदान गरेकोमा स्थानीय सरकारका प्रतिनिधि तथा सर्वसाधारण किसान र साना व्यवसायी सबैले एनएलजी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिँदै फेरि पनि यस्ता कार्यक्रम ल्याउन आग्रह गरेका थिए । क्याटेगोरी : समाचारट्याग : #Beema Sewa तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल