Techie IT
×
गृहपृष्ठसमाचारकाँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास

काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास


दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।

 

दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।

पत्नीले उनलाई ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन् । पति पत्नीको बीचको मनमुटाव धेरै पटक प्रहरीसम्म पुगेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटक सम्झाउने गरेको थियो । ३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या

तपाईको प्रतिक्रिया दिनुहोस