Techie IT
×
गृहपृष्ठसमाचारधादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं- धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका(१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।

बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस