Techie IT
×
गृहपृष्ठसमाचारसुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार, २ अर्ब लगानी

सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार, २ अर्ब लगानी


काठमाडौँ – भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो ।

धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो । १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय, कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस