Techie IT
×
गृहपृष्ठग्लोबलतामाङ समाज कतारद्वारा कलाकार एलिनाको बिदाई

तामाङ समाज कतारद्वारा कलाकार एलिनाको बिदाई


दोहा र नेपाल प्रवासी तामाङ समाज कतारले कलाकार एलिना तामाङलाई संस्थालाई पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान तथा बिदाई गरेको छ ।

लामो समय देखि संस्थामा आवद्ध रहदै तामाङ समाजमा आफ्नो कला, आर्थिक,भौतिक तथा नैतिक सहयोग गर्दै आएकी तामाङ कर्मभुमि कतारलाई बिट मार्दै जन्मभूमि प्रस्थान गर्नुपर्ने भए पछि उनलाई एक कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाई गरिएको हो।

‘आफ्नो भाषा, धर्म, संस्कार, संस्कृती, रितिरिवाज,परम्परा’ जोगाउदै दोहाको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल तामाङ समाजबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउदै सम्पुर्ण टिमलाई कलाकार एलिनाले धन्यवाद ब्यक्त गरेकि थिइन।

उक्त सम्मान तथा बिदाई कार्यक्रममा संस्थाका संरक्षक शंखलाल तामाङ,विशेष सल्लाहकार तिर्थ थिङ तामाङ, तेज मोक्तान तामाङ,सल्लाहकार भबिन तामाङ, कलाकार संयोजक शुकमान तामाङ, कुमार ओख्रेली तामाङ, सृष्टि तामाङ लगायतले बिदाइ कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

बिदेश भनेको क्षणिक समय सम्म हो, यहाँबाट सबैजना एकदिन स्वदेश फर्किनुको विकल्प नभएको भन्दै, धर्म, संस्कार, संस्कृती, रितिरिवाज,परम्परा सङ्गै सिकेको सिप, ज्ञान,पुजी लाई अब नेपालमा लगानी गर्दै समृद्ध देश बनाउन पर्नेमा जोड दिए । साथै कलाकार एलिनाको नेपाल बसाई सुखद र सफल बनोस भन्दै उत्तरोत्तर प्रगति,उज्ज्वल भविस्यको कामना समेत व्यक्त गरेका थिए ।समाजका अध्यक्ष शुवास तामाङको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव श्री तामाङले गरेका थिए । ” तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले स्थापनाकाल देखीनै कतार प्रवासमा आफ्नो छुट्टै पहिचान बनाउदै अगाडि बढीरहेको छ ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking, #तामाङ समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस