Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु


काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको विधान समितिको बैठक २९ मे २०२२ मा सम्पन्न भएको छ। समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार भर्चुअल जुम मार्फत बसेको दोस्रो बैठकमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्षद्वय डा बद्री केसी र रबिना थापाको विशेष उपस्थिति थियो । बैठकमा महासचिवद्वय डा केशव पौडेल र गौरीराज जोशी समेतको उपस्थित रहेको थियो ।

औपचारिक रूपमा ३ घन्टा चलेको बैठकमा समितिका सबै सदस्यहरु महेश श्रेष्ठ, भुसण घिमिरे, नरेन्द्र भाट, नारायण प्रसाद आचार्य र यस्मीन बेगमको उपास्थिती रहेको थियो ।

बैठकमा संघको विधानलाई पूर्णरुपमा पालना गर्न र समयअनुकुल आवश्यक संसोधनको लागि ६ एजेन्डातय गरि ती एजेण्डा माथि सबै सदस्यहरुले आआफ्नो बिचार ब्यक्त गरेका थिए । सहभागिहरुले बैठकमा प्रस्तुत गरेको विचारका आधारमा बैठकले निर्णयहरु सर्वसम्मतले पारित गरेको छ ।

गैर आवासीय नेपाली संघ
विधान समिति, बैठक निर्णय
२९ मे २०२२

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको विधान समितिको बैठक २९ मे २०२२ मा सम्पन्न भयो । समितिका संयोजक डा हेम राज शर्माको अध्यक्षतामा सोमवार भर्चुअल जुम मार्फत बसेको दोस्रो बैठकमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्षद्वय डा। बद्री केसी र रबिना थापाको विशेष उपस्थिति थियो । बैठकमा महासचिवद्वय डा केशव पौडेल र गौरीराज जोशी समेतको उपस्थित रहेको थियो ।

औपचारिक रूपमा ३ घन्टा चलेको बैठकमा समितिका सबै सदस्यहरु महेश श्रेष्ठ, भुसण घिमिरे, नरेन्द्र भाट, नारायण प्रसाद आचार्य र यस्मीन बेगमको उपास्थिती रहेको थियो ।

बैठकमा संघको विधानलाई पूर्णरुपमा पालना गर्न र समयअनुकुल आवश्यक संसोधनको लागि ६ एजेन्डातय गरि ती एजेण्डा माथि सबै सदस्यहरुले आआफ्नो बिचार ब्यक्त गरेका थिए । सहभागिहरुले बैठकमा प्रस्तुत गरेको विचारका आधारमा बैठकले निम्नानुसारको निर्णयहरु सर्वसम्मतले गरेको छ ।

१- संघको ११ औं केन्द्रिय महाधिवेशन र निर्वाचन सम्पन्न गर्न बिधानको पुर्ण रुपमा कार्यान्वयन गरि सम्पूर्ण राष्ट्रिय समितिमा एमआइएस ९मेम्बर इन्फरमेशन सिस्टम० कडाईका साथ लागु गर्ने ।
२- संघको विधानलाई आवश्यक संसोधन गर्न देखिएमा कुन कुन धारामा संसोधन आवश्यक देखिएको हो त्यसको व्यापक अध्ययन गर्ने जिम्मा बिधान समितिले लिने ।
३- संशोधन आवस्यक देखिएमा विधान समितिले प्रस्ताव गरेको संसोधन प्रस्तावलाई अनुमोदन गराउन सिधै साधारणसभामा लैजान सक्ने ।

४- बैठकमा उपस्थित अध्यक्षत्रेय र महाचिवद्धयले विधान समितिले तयार पारेको संसोधन प्रस्तावलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
५- विधान समितिको बैठक आपसी छलफलबाट छिटोभन्दा छिटो तय गर्ने र समितिलाई आवश्यक परेमा थप परिमार्जनको लागि आवश्यक कानून, अभिलेख, तथा पव्लिकेशन सम्बन्धी उपसमिति बनाएर सहयोग लिने बैठकले निर्णय गरेको छ ।

गंगाधर गौतम
सदस्य सचिब बिधान समिति
गैर आबासीय नेपाली संघ
१ जुन २०२२


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking, #NRNA, #एनआरएनए विधान समितिको बैठक

तपाईको प्रतिक्रिया दिनुहोस