गृहपृष्ठ ∕ समाचार ∕ इन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ इन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ दीप संञ्चार जेठ १८, २०७९ गते २१:०० मा प्रकाशित देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो ।इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिरहेको प्रमुख कार्यकारी अधिकृत सुभाष खड्काले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकाले गर्दा अहिले धेरै इन्टरनेट प्वाइन्टहरू बन्द हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरि प्रवाह गर्न भनिरहेको छ भने अर्को तर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ।। यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँदछौँ।’क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप