Techie IT
×
गृहपृष्ठसमाचारजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन्

जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन्


आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,  ‘यहाँको अवस्था भयावह छ ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #विमान दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस