Techie IT
×
गृहपृष्ठसमाचारदुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान


आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जानकारी दिएका छन् ।

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए ।

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमान दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस