गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा दीप संञ्चार जेठ १४, २०७९ गते २२:०२ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् ।राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो । त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन्।नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #विद्यादेवी भण्डारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारवीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम…नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा…नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन