Techie IT
×
गृहपृष्ठसमाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ

सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ


सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्बर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस