Techie IT
×
गृहपृष्ठसमाचारकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने

कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने


कतारमा जून १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि अपराह्न ३:३० बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले बताएको छ ।मन्त्रालयले २०१७ को निर्णय नं १६ लाई परिमार्जित गर्दै सो अवधिभर बाहिरी काम बन्द गर्नुपर्ने बताएको छ ।

नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छ


क्याटेगोरी : समाचार
ट्याग : #कतार

तपाईको प्रतिक्रिया दिनुहोस