Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना

नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना


लमजुङ सेवा समाज कतारले लमजुङका नव–निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समाजले पालिकापालिकामा पुगेर बधाई ज्ञापनका साथै परिचयात्मक कार्यक्रम गरेको हो । जनप्रतिनिधिसंग स्थानीय सरकार र लमजुङ सेवा समाज कतारबीच विभिन्न बिषयमा खेल्न सकिने समन्वयकारी भूमिका बारे छलफल गरिएको छ ।

सँस्थाले गत जेठ ९ र १० गते गरि क्लोहासोथर बाहेकका सबै ७ पालिकामा भ्रमण गरि नयाँ जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना प्रदान गर्नुका साथै सस्थाको गत कार्यकालको कार्यप्रगति प्रतिवेदन र यसै सालको भित्तेपात्रो समेत हस्तान्तरण गरेको थियो ।

समाजले दोर्दी गाउँपालिकाबाट सुरु गरी दूधपोखरी गाउँपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मस्र्याङ्दी गाउपालिका, बेंसीशहर नगरपालिका हुदै मध्यनेपाल नगरपालिकामा समापन भएको छ ।

क्व्होलासोंथरमा अर्को दिन कार्यक्रम गरिने समाजले जनाएको छ ।

सबै पालिकाहरुमा उत्साहप्रद तरिकाले सहयोग र सकारात्मक टिप्पणी प्राप्त भएको संस्थाले जनाएको छ ।
कार्यक्रमा दोर्दी गाउँपालिकाबाटस् अध्यक्ष युवराज अधिकारी उपाध्यक्ष बिछ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत रुकमान गरुङ, वार्ड ४ अध्यक्ष मिन बहादुर गुरुङ, वार्ड ८ अध्यक्ष नारान घले लगायतको उपस्थिति थियो ।

दुधपोखरी गाउँपालिकाबाट स्  प्रमुख धन प्रसाद गुरुङ, उपप्रमुख क्षेत्र बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु अधिकारी, वार्ड १ अध्यक्ष दुर्गामान गुरुङ, वार्ड २ अध्यक्ष अमर गुरुङ, वार्ड ३ अध्यक्ष श्याम गुरुङ, वार्ड ४ अध्यक्ष ओम बहादुर गुरुङ, वार्ड ५ अध्यक्ष दल बहादुर गुरुङ, वार्ड ६ अध्यक्ष मनिष गुरुङ उपस्थित रहेको थियो ।

राइनास नगरपालिकाबाट – अध्यक्ष खड्ग बहादुर गुरुङ, उपाध्यक्ष पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल र वार्ड ५ अध्यक्ष शंख बहादुर नेपालीको उपस्थिति रहेको थियो ।
सुन्दरबजार नगरपालिकाबाट -मेयरकृष्ण प्रसाद कोइराला, उपमेयर भवानी केसि, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल र वार्ड ७ अध्यक्ष जयराम रेग्मीको उपस्थिति रहेको थियो ।

मर्स्याङ्दी गाउँपालिकाबाट- अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनमाया थापा, वडा नं ८ अध्यक्ष धनसिङ तामाङ उपस्थिति रहेको थियोे भने बेसिशहरमा मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, वार्ड ८ अध्यक्ष ऋषि राम बस्नेत उपस्थिति रहेको थियो ।

मध्यनेपाल नगरपालिकाबाट – उपमेयर सीता गुरुङ, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा र वार्ड ६ अध्यक्ष विष्णु भक्त पौडेलको उपस्थिति रहेको थियो ।

भ्रमणमा संस्थाका द्वितीय उपाध्यक्ष बुद्धिसागर सुवर्णकार, तृतीय उपाध्यक्ष कल्याण थापा, अनन्त घिमिरे, देव गुरुङ, दिलमाया थापा साथै आ–आफ्नो पालिकामा टोलि पुग्दा पालिकाका सँस्थाका पदाधिकारी, पुर्व पदाधिकारीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

भ्रमणका क्रममा शैलेन्द्र बुढाथोकी, प्रेम तिवारी, ठाकुर भट्ट, रामदेव भट्ट, कृष्ण बराल, शिव रसाइली लगायतले आ–आफ्नो पालिकामा टोलि पुग्दा सहभागिता समेत जनाएका थिए ।

सबै जसो पालिकाका प्रमुखहरुले परोपकारी सामाजिक संस्थाले यस प्रकार निश्वार्थ सेवा भावले काम गर्नु सकारात्मक भएको बताए ।
उनले आगामि दिनमा लमजुङ सेवा समाजसँग द्विपक्षीय समन्वय र सहायता आदानप्रदान गरिने बताए । पालिका प्रमुखहरुले शुभकामना ग्रहण गर्दै सम्पुर्णले अब आउदो पाँच वर्षमा नागरिकले महसुस गर्ने गरि समृद्धिका विविध कार्यक्रम र परियोजनाहरु लागु गरिने बताए ।

संस्थाका उपाध्यक्ष बुद्धिसागर सुवर्णकारले आगामी दिनमा लमजुङ जिल्लाका सबै पालिका प्रमुखहरुलाइ साझा अनलाइन अन्तर्कृय आयोजना गरी समग्र लमजुङको बृहत्तर हितमा छलफल आयोजना गरिने बताए । संस्थाका पुर्व सल्लहाकार कृष्ण बरालले सँस्थाले मध्यनेपाल नगरपालिकामा गरेका मानवीय सहायताको प्रसंग निकाल्दै द्विपक्षीय सहकार्य अझ प्रभावकारी हुने बताए ।

संस्थागत रुपमा निर्णय गरि सुरुवात भएको दुई दिने उक्त कार्यक्रम समापन पश्चात्त लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापाले भ्रमण दलका सबै सहभागी , सहयोगी र भ्रमणको क्रममा जोडिनु हुने सबै शुभचिन्तक प्रती सिङ्गो संस्थाको तर्फबाट हार्दिक आभार र कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाका तृतीय उपाध्यक्ष कल्याण थापाले गरेका थिए भने समाजको गतिविधि र भ्रमणको उदेश्यबारे संस्थाका द्वितीय उपाध्यक्ष बुद्दी सागर सुवर्णकारले प्रकाश पारेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस