Techie IT
×
गृहपृष्ठसमाचारएम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु


जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।

गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो ।

एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस