Techie IT
×
गृहपृष्ठसमाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री

सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री


कतारमा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप अल्खोर कतारको सातौं अधिबेशनबाट पुनस् गणेश क्षेत्री निर्विरोध निर्वाचित भएका छन।

‘समाज विकासमा प्रवासीको योगदान’ भन्ने मुल नाराका साथ सन-२००२ स्थापित सामाजिक संस्था सन्ध्याग्रुप कतारको अल्खोर स्थित ‘ अल्खोर प्यालेस’ रेस्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजनामा म्युजिक भिडियो विमोचन,मुग्लानी सौगातको ८३ औ साहित्यिक वाचन डवली तथा विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा, कतारमा रहेका नेपाली समुदायका अगुवा, अग्रज तथा सामाजिक, बौद्धिक व्यक्तिव कमलमणि गुरागाईको प्रमुख आतिथ्यमा भएको हो ।संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई, प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, विशेष सल्लाहकार, राम जि अधिकारी, सल्लाहकार, शंखलाल तामाङ ,एनआरएनए कतारका कोषाध्यक्ष विनोद प्रसाद बसौला, नेपाली महीला समाज कतारका अध्यक्ष – सरिता भन्डारी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि नेपाली जनसम्पर्क समिति कतार अध्यक्ष -मोहम्मद अजिज अलि, नेपाली जनप्रगती सिल मन्च कतार अध्यक्ष बुद्धि प्रसाद भण्डारि, संघिय लिम्बुवान सामाजीक मन्च कतार, पत्रकार महासंघ कतार शाखा उपाध्यक्ष – दिल श्रेष्ठ , अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर अध्यक्ष मणि पौडेल, नेपाल व्यवसायी संघ कतार प्रतिनिधि दिप जङ्ग शाह, नवोदित साहित्यिक वाचनलय कतार प्रतिनिधि( शेखर बस्नेत, प्रदेश नम्बर एक समन्वय परिषद कतार महासचिव निरन नेपाल, गन्डकी प्रदेश समन्य परिषद कतार अध्यक्ष- लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष स् बुद्ध पाण्डे,समाज सेवी तथा बौद्धिक व्यक्तीत्वहरु , क्रान्ती सिंह,ठाकुर कुमार परियार लगायतको उपस्थिति रहेको थियो ।

साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको ९ सन्ध्याग्रुप कतार ० संस्थाले विधिवत रूपमा उट्घाटन गरिएको कार्यक्रममा प्रथम उपाध्यक्ष सन्तोष केसी द्वारा स्वागत मन्तव्य, तथा सानी नानी अन्जिता पौडेल ूआँखैमा राख्छु मेरो देश ू भन्ने उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरि उपस्थित सम्पुर्णलाई स्वागत गरेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि गुराँगाइले बोल्दै सन्ध्याग्रुप कतारले स्थापनाकाल देखी ू सामाजिक, आर्थिक, तथा नैतिक रुपमा गरेका विभिन्न सामाजिक कार्यहरुको चर्चा गरे । कतारमा रहेका केही संस्थाहरु राजनिति, जातिगत,धार्मिकगतमा भन्दा बाहिर निस्कन नसकिरहेको बेला सन्ध्याग्रुप कतार बिशुद्ध सामाजिक संस्था रहेको चर्चा गरे । गुराँगाइले अब आउने नयाँ कार्यसमिले अझै उत्कृष्ट, रचनात्मक कार्यहरु गर्दै जावस भन्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सल्लाहकार शंखलाल तामाङलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरि पुर्व उपाध्यक्ष अर्जुन कुमार, अमित बराइलीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने कलाकार, साहित्यकार लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुती चन्द्र बिसीले राखेका थिए भने कतारमा रहेका साहित्यकारहरुमा लेख कार्की, चक्र कार्की, शेखर बस्नेत, कमला वली, लिलानाथ घिमिरे, निरन नेपाल मणि पौडेल, खेमरज सुवेदी लगायतले उत्कृष्ट साहित्यक रचनाहरु वाचन गरि कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

हाम्रो माया अग्लिएर : म्युजिक भिडियोको विमोचन

कार्यक्रममा दोहामा छायांकन गरिएको नेपाली म्युजिक भिडियो ( हाम्रो माया अग्लिएर) विमोचन गरिएको थियो । म्युजिक भिडियोलाई अमित बराईलीको निर्देशन,अर्जुन कुमारको छायांकन, कलाकारहरु केशु ठकुरी, विविसा लुइँटेलको अभिनयमा निर्माण भएको छ भने स्वर मेलिना मैनाली र बिजय रनापाईली, शब्द किरन के उप्रेती, संगीतरएरेन्जर- पुष्कर सुनुवारको रहेको छ ।

कार्यक्रमको समापन गर्दै सभापति गणेश क्षेत्रीले बिगत लामो समयदेखी पुर्वमेची देखि पश्चिम् महाकाली सम्मका धर्म, बर्ग, क्षेत्र,तथा लैङ्गिक विभेद र राजनैतिक खिचातानी नभएको आफ्नो मर्म र बिधान अनुरुप चल्दै आएको सन्ध्याग्रुप अल्खोर कतारमा प्रवासमै रहेर दैनिक आफ्नो कार्यपछी बचेको समयलाई उपयोग गर्दै सास्कृतिक,साहित्यिक र खेलकुद बिधाबाट समाज विकास र परिवर्तन गर्न चाहाने इच्छुक सम्पुर्ण नेपालीहरु सन्ध्याग्रुप अल्खोर कतारको ढोका खुल्ला रहेको बताए।म्युजिक भिडियो हाम्रो माया अग्लिएर विमोचन समेत रहेको हुँदा सम्पुर्ण टिमलाई धन्यबाद तथा सफलता को शुभकामना समेत दिएका थिए।

कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रमुख अतिथिको रुपमा उपस्तिथित समाजसेवी, बुद्धिजीवी नेपाली समुदायका अग्रज ब्यक्तित्व कमलमणि गुरागाई,संस्थाको निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित संघ सस्थाका प्रतिनिधि,कलाकार साहित्यकार,पत्रकार लगायत सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

क्षेत्रीको अध्यक्षतामा १७ कार्यसमिति निर्बिरोध निर्वाचित :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितीले गठन गरिएको थियो। उक्त सातौ अधिवेशनबाट गणेश क्षेत्रीको अध्यक्षतामा निम्नानुसार कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन।
१)अध्यक्ष – गणेश क्षेत्री
२)प्रथम उपाध्यक्ष – सन्तोष केसी
३) द्वितीय उपाध्यक्ष – राज रुचाल
४) तृतीय उपाध्यक्ष – चक्र कार्की
५) महासचिव – खेमराज सुवेदी
६)सचीव – मेनुका बास्कोटा
७) कोषाध्यक्ष – सन्जिव विश्वकर्मा
८) सह- कोषाध्यक्ष – सुवास खनाल
९) सदस्य- पामेल उपाध्याय
१०) सन्दिप सापकोटा
११) कल्पना तिवारी
१२) भक्त लिम्बू
१३) हरिप्रसाद वेलवासे
१४) कालिदास क्षेत्री
१५)रन्जना दर्जी
१६) प्रीती पोख्रेल
१७) वसन्त अधिकारी


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्ध्याग्रुप कतार

तपाईको प्रतिक्रिया दिनुहोस