गृहपृष्ठ ∕ समाचार ∕ गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या दीप संञ्चार जेठ ९, २०७९ गते १४:३५ मा प्रकाशित काठमाडौंको नयाँ बजारमा ३५ वर्षका कान्छा लामा ‘जीवन’ को हत्या भयो ।वैशाख २८ मा नयाँ बजारको विष्णुमति पुल नजिकै रहेको ४० वर्षीया गायत्री नगरकोटीको डेरामा हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।हत्यापछि विष्णुमति खोलामा फालिएको उनको शव जेठ ५ मा दक्षिणकाली नगरपालिका–१ स्थित पावर हाउस नजिक फेला परेको थियो । मूलपानी बस्दै आएका कान्छा लामा सिन्धुपाल्चोक जुगलका स्थानीय हुन् ।हत्यामा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपलिका–६ घर भएकी ४० वर्षीया गायत्री नगरकोटी छिन् ।कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर घर भएका दिपक वाइवा तामाङ मिलेर ‘जीवन’को हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।मदिरा सेवन गर्दा विवाद हुँदा ३ जना मिलेर उनको हत्या गरेको थाहा भएको छ । गायत्री नगरकोटीलाई गलत नजरले हेरेको निहुँमा ‘जीवन’ लाई आक्रमण गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् । टाउकोमा हम्मरले हानेर हत्या गरेपछि म्याट्रिस र तन्नाले बेरेर उनीहरुले जीवनको शव विष्णुमती खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न मध्येका दिपक वाइवा तामाङ फरार छन् । । क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरीसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती