गृहपृष्ठ ∕ समाचार ∕ १५ देशमा फैलियो मंकीपक्स संक्रमण १५ देशमा फैलियो मंकीपक्स संक्रमण दीप संञ्चार जेठ ९, २०७९ गते ८:२४ मा प्रकाशित एजेन्सी-पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ ।देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ ।मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ । मानिस तथा जनाबरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।क्याटेगोरी : समाचारट्याग : #मंकीपक्स संक्रमण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरीसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्युब्युटी प्याजेन्ट बलात्कार घटना : बलात्कार आरोपी मनोज पाण्डे पक्राउप्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ?