Techie IT
×
गृहपृष्ठसमाचारबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी

बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी


काठमाडौं –मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य ब्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काबिरुद्द नेपाल प्रहरी अपराध महाशाखा पछि राजस्व अनुसन्धान बिभागमा शुक्रवार उजुरी दर्ता गरिएको छ ।

खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले ५ करोड ६० लाख ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिई स्वास्थ्य ब्यवसायीहरुसँग अर्बौ ठगी गर्दै करोडौ राजस्व ठगी गरेको भन्दै उजुरी दर्ता गराएका छन ।
राजस्व स्रोतले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काबिरुद्द उजुरी दर्ता भएको र आफुहरुले पत्र लेख्दै आन्तरिक अनुसन्धानमा रहेको बतायो । उक्त मुद्दामा अध्यक्ष खड्काबिरुद्द दर्जनौ आरोप लगाईएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु समेत पेश गरेका छन । म्याक्रो टेक प्रालिका संचालक(खड्काका पार्टनर) एबं महासंघका पुर्व महासचिव, कोषाध्यक्ष मुकुन्द भट्टराईले अध्यक्ष खड्काले आफु लगाएत ब्यावसायी र नेपाल सरकारलाई बिभिन्न बहाना बनाएर ठगी गरेकाले राजस्व कार्यालयमा पुग्नुपरेको बताए ।

उनीहरुले राजस्व अनुसन्धान बिभागले आफूलगायत अन्यायमा परेका स्वास्थ्य ब्यावसायीलाई न्याय दिलाउनेमा आशा भएको बताए ।
अध्यक्ष खड्काले महासंघमा आवद्ध ३६ संस्थाका संचालकसँग बायोमेट्रिकका लागि मलेसिया पठाउने ३१६४(१०० रिंगेट) र प्रतिकामदार थप २ हजार रुपैयाँ माग गरेपछि अहिले महासंघमा ठूलो विवाद उत्पन्न भएको छ । कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेको भन्दै करिब ६० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

६० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका छन् । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६४ रुपैयाँ मेडिकलबापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जम्मा गर्ने गरिएको छ । खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि २ हजार बिभिन्न सेटिङ भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने थालेपछि उनिहरु एकीकृत भएर खड्काको मनोमानीबिरुद्द ऊत्रिएका हुन । धेरै ब्यावसायीहरुले स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँको बिल काटे पनि राजस्व भने आफुहरुले प्राप्त रकम २ हजार ५ सयको मात्र तिर्ने गरेका छन । अध्यक्ष खड्काले आफुले ब्यावसायीसँग २००० को दरले उठाएको करोडौ रुपैयाको कतै पनि केहि हिसाव नदेखाऊने पार्टनर भट्टराईले बताए ।

अध्यक्ष खड्काले प्रतिकामदार २ हजार रुपैयाँ महासंघमा आवद्ध ३६ वटै संस्थाका संचालकहरुसँग मागेका छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुसँग राजनितिक नेतृत्व र कर्मचारीलाई घुस बुझाउनुपर्छ भनेर एक कामदार बराबर २ हजार रुपैयाँ बुझाउन दबाब दिने र नदिनेको अनुमतिपत्र खारेज गरिदिने धम्की दिने र यसैकारण लामो समयदेखि स्वर्णिम मेडिकल, हिमालयन मेडिकल हालसम्म बन्द रहेका छन ।

खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३६ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । महासंघले बायोमेट्रिक शुरु गरेदेखिको अध्यक्ष उनै खड्का छन् । उनले नेपालका राजनीतिक नेतृत्वलाई दिनुपर्छ भनेर विगत ५ बर्षदेखि ३६ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाईरहेका छन त्यो पैसाको कुनै हिसाव किताव नभएको निबदकहरुले बताउछन ।
यस बिषयमा अध्यक्ष खड्कासँग जनसवालले सम्पर्क गर्दा उनले प्रहरीमा र राजस्वलगाएतमा उजुरी परेको जानकारी चाहिं आफूलाई भए पनि त्यो हल्ला मात्रै भएको बताए ।

निबेदन जस्ताको तस्तै
श्रीमान महानिर्देशकज्यू

महोदय,
उपरोक्त सम्बन्धमा मिति २०७५/११/०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको Macro Tech Pvt. Ltd., Reg. No. 208897/075/076 को हामी संस्थापक शेयर सदस्य एवं संचालक हौं । यो कम्पनीले बायोमेडिकल सिष्टम सम्बन्धी कार्य गर्दछ । यो कम्पनीको कार्यालय का.म.न.पा. ३, महाराजगञ्जमा रहेको छ । यस कम्पनीको बैंक खातामा बायो मेडिकल सिष्टम सर्भिस (BMS) चार्जको रकम प्रति मेडिकल १०० RM (रु. ३१६४/-) जम्मा हुने गर्दछ र सो रकम बाट प्रति मेडिकल रु १० RM कम्पनीले प्राप्त गर्दछ । यसप्रकार हालसम्म यो कम्पनीले करिब ६५ करोड बराबरको नगद कारोबार गरिसकेको छ र कम्पनीको आम्दानी करिब ५ करोड ६० लाख जति हुन आउँछ । कोभिड-१९ को अवधिमा मेडिकलको काम बन्द भएको थियो भने हाल मलेसियाको बायोमेडिकल स्वास्थ्य परिक्षण शुरु भएसगै प्रति मेडिकल रु. ३,१६४ लिने कार्य पनि शुरु भईरहेको छ । यसप्रकार हामीले कार्य गर्दै जाँदा तत्कालिन वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का हाम्रो पार्टनर तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत भएका अली कैलाश खड्काले हामीलाई मलेसियाको विभिन्न वाहाना देखाई हामीलाई हाम्रो लगानी र शेयर वापत पाउने रकम र कम्पनीले प्राप्त गरेको सम्पूर्ण नाफा रकम पूरै दिन्छु भनी म शालिकराम क्षेत्रीको ५०% शेयर पूरै र म मुकुन्द भट्टराईको ४५% शेयर आफ्नो नाममा नामसारी गर्नुभयो । हामीले शेयर नामसारी गर्दा कम्पनीको बैंक खातामा करिब ४५ करोड रुपैयाँ थियो । त्यसैले हाम्रो हस्ताक्षर नभई बैंकका रकम झिक्न निकाल्न मिल्दैन । त्यसैले हाम्रो अवधिमा हामीले कमाएको रकम सञ्चित मुनाफाको रुपमा बैंकमा नै सुरक्षित छ र कैलाश खड्का आफ्नो हस्पिटलको पार्टनर भएको र महासंघको अध्यक्ष समेत भएकोले हामीले पूरा विश्वास गरयौं । कोभिड पश्चात् कम्पनीको आर्थिक कारोबार शुरु भएपछि हामीले शेयर वापत पाउनु पर्ने रकम, बैंकमा भएको हाम्रो मुनाफा हामीले पटक-पटक माग गर्दा हामीलाई दिनु भएन । उल्टै हामीलाई नेता, पुलिस प्रशासनको डर धम्की देखाई, गलत सुन्नै नसकिने शब्द प्रयोग गरेर गाली गर्ने, मैले ठूला नेता र पुलिस चिनेको छु, कर कार्यालयको हाकिम चिनेको छु, सम्बन्धित ठाउँमा घुस खुवाएर सबै कुरा मिलाउँछु भनी आजको दिनसम्म हामीले नियम संगत रुपमा पाउनु पर्ने रकम दिनु भएका छैन र हामीले हामी संचालक भएको समय खाता संचालन गरेको बैंक मेघा बैंक कलंकी शाखा, खाता नं. ०७८००१००४४६४५ र सनराइज बैंक, गैरीधारा, काठमाडौँ, खाता नं. ००२६५९४७२०७०१००१ मा गएर बुझ्दा कम्पनीको एकजना सञ्चालक समिति बनाई हाम्रो सहमति बिना हाम्रो हस्ताक्षर परिवर्तन गरी रकम झिकेको पाइयो । हाल ५% शेयर रहेको म मुकुन्द भट्टराईलाई हालसम्म कम्पनीको कुनै पनि कागजातमा सहिछाप नगराई, साधारण सभा सम्बन्धी कुनै जानकारी नगराई एकल निर्णयबाट १ जनाको संचालक समिति बनाई हामीले पाउनु पर्ने शेयर रकम र सञ्चित मुनाफा रकम समेत बैंकबाट भिकी रकम हिनामिना गरेकोले उक्त बैंकको खाता रोक्का गरी कम्पनीको यथार्थ लेखापरिक्षण गरी नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने रकम कट्टा गरी करिब रु. ५ करोड रकम असुल उपर गराई सम्बन्धित व्यक्तिलाई कानून बमोजिम कारवाही गराई पाउँ भनी श्रीमान समक्ष यो निवेदन पेश गरेका छौं साथै नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत रहेका कैलाश खड्काले व्यवसायीबाट अवैध रुपमा रकम असुल गरी ठगी गरेको र अकुत सम्पत्ति आर्जन गरी राजश्व छली गरेको, व्यवसायीलाई बाध्यतामा पारी अरबौं रकम ठगी गरेकोले आवश्यक अनुसन्धान गरी हामी जस्ता पीडित सबैलाई न्याय प्रदान गर्नुहुन विनम्र अनुरोध गर्दछौं ।
निवेदक
१. मुकुन्द भट्टराई (सञ्चालक)
२. शालिकराम क्षेत्री समेत ( पूर्व सञ्चालक)
Macro Tech Pvt ltd
संलग्न कागजातहरु
१ कम्पनी दर्ता प्रमाण-पत्रहरु पेश गरेवा
२. आम्दानीको श्रोत प्रमाण पत्र
३. अन्य सम्बन्धित कागजपत्रहरु
४. कैलाश खड्काको हालको गतिविधिहरु कैलाश खड्काको हालको गतिविधिहरु यसप्रकारको छ ।
क) कैलाश खड्का हाल नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष, अनमोल मेडिकल सेन्टर, सिनामंगल, क्रिष्टल डाइग्नोष्टिक सेन्टर, सिनामंगलको संचालक छन् ।
ख) बायोमेडिकलबाट स्वास्थ्य परिक्षण गर्ने ३६ स्वास्थ्य संस्थाबाट प्रति मेडिकल रु.२०००/ Royalty/Commission/Mignam आदी नामबाट जबर्जस्ती असुल उपर गर्दछन् । रकम नदिए मैडिकलको सफ्टवेयर नै बन्द गरिदिन्छन् । त्यसैले मेडिकलहरु संस्था बन्द हुने डरले चुपचाप प्रति व्यक्ति रु.२०००/- दिइरहेका छन् ।
ग) हालै केही स्वास्थ्य संस्थाले २०००/- किन दिने भनी रकम नदिंदा करिब १० वटा जती संस्था बन्द गरिदिएका थिए । केही संस्थाले रकम बुझाएपछि खुले, केही आफैँ खुल्न बाँकी छ ।
घ) हाल रु.२०००/- कैलाश खड्का, रविन्द्र के सी संचालक रहेको संस्था क्रिष्टल डाइग्नोस्टिक सेन्टरमा सबै बायोमेडिकल गर्ने संचालकप्रति मेडिकल प्रति व्यक्ति रु. २०००/- का दरले नगदै लिई रकम बुझाउन जान्छन् । ङ) नगद बुझाउने कार्य हरेक महिनाको १ तारिख र १५ तारिखमा कुन-कुन मेडिकलले कति कति मेडिकल गयो भन्ने डाटा आउँछ अनि २ तारिख र १६ तारिखबाट क्रिष्टलको सञ्चालक रविन्द्र के.सी र कैलाश खड्का मिलेर रकम लिने गर्दछन् ।
च) रकम मलेसिया पठाउनु पर्छ भनी माग गर्ने र मेडिकलले पैसा नदिए Software सञ्चालन गर्ने Engineer बाट software Block गरिन्छ ।
छ) मलेसियाका Bestinet SDN BHD का अध्यक्ष Amin लाई केही रकम पठाउन परेमा हुण्डी कारोबारबाट पैसा जान्छ, जसको काम कविन्द्र के सी ले गर्दछ ।
ज) Bio-Medical System Charge वापत Micro tech Co. Pvt. Ltd. को बैंक खातामा करिब १० १२ करोड रकम पनि कैलाश खड्काले व्यक्तिगत प्रयोग गर्ने, मिटर ब्याजमा ल्याउने, आफन्तको नाममा बैंकमा राख्ने गर्दछन् । आफन्तको नामबाट रकम Micro tech कम्पनीमा रकम हाल्ने गर्दछन् ।
(झ) हाल संचार माध्यममा आएको समाचारहरु करिब १००% सहि छ । उनले अकूत सम्पत्ती आर्जन गरेका छन् । प्रचण्ड, शेरबहादुर देउवा, आरजु देउवा, प्रहरीको उच्च पदका व्यक्ति, अख्तियारका प्रमुख व्यक्ति, राजश्व अनुसन्धानका व्यक्ति, टेकु परिसर, अपराध अनुसन्धानका कर्मचारी जस्ता सम्पूर्ण व्यक्तिलाई घुस खुवाई sydicate कायम गर्नुपर्छ । अन्यथा मेडिकलको sydicate खुल्छ भनी २०००/- बाहेकको रकम रु. २५००/- बाट पनि व्यवसायीबाट पटक-पटक रकम असुल गरिरहन्छन् ।
ञ) यी सम्पूर्ण रकमबाट उनले अकुत सम्पत्ती आर्जन गरेका छन् । २०७३ सालसम्म सामान्य हैसियत भएका वेलकेयर हस्पिटलको सञ्चालक अध्यक्षको हैसियतले हस्पिटलेको बैंक कर्जा तिर्न नसकेर बैंकले पटक-पटक ताकेता पत्र काटेको, पैत्रिक सम्पत्ती बाहेक कुनै अन्य सम्पत्ती नभएको कैलाश खड्का आज ४ अर्बको मालिक भएका छन् । जसको केही सम्पत्ती विवरण सार्वजनिक सञ्चार माध्यममा समेत आएको छ ।
ट) करिव ५,००,००० मेडिकलबाट प्रति मेडिकल विभिन्न बहानामा, मलेसियाको विभिन्न बहानामा रु. २००० असुल उपर गर्दा १ अर्ब सोझै ठगी गरेका छन् भने व्यवसायीबाट छुट्टै करिब बार्षिक १०-१५ करोड छुट्टै असुल्छन् । मलेसियन व्यक्तिसँगको साँठगाँठमा छुट्टै रकम कमाउँछन् । (ठ) मिटर व्याजमा पैसा लाउने, मलेसिया, क्यानडामा हुण्डी सम्बन्धी काम गर्दछन् ।
ड) अनमोल मेडिकल सेन्टर, क्रिष्टल डाइग्नोस्टिक सेन्टर, Macro Tech कम्पनीको यथार्थ कारोबार लुकाई नक्कली अडिट रिपोर्ट बनाई कर कार्यालयमा पेश गरी कर चुक्ता लिने गरेका छन् । निजी प्रयोगको खर्च बील पेश गरी अडिट रिपोर्ट बनाएको छ ।
ढ) २०७३ सालसम्म कुनै आर्थिक हैसियत नभएका व्यक्ति कैलाश खड्काको आफनत, परिवार पनि सामान्य हैसियतको परिवार नै हो । हाल उनको सासुको नाममा जग्गा ७ आनामा बंगला बनाइ भिमसेनगोलाको घरमा बस्छन् । क्रिष्टल डाइग्नोष्टिक भएको साढे ७ आनामा बनेको घर १२ करोडमा,०७४ सालमा किनेका हुन् भने काठमाडौंको विभिन्न महत्वपूर्ण ठाउँमा अरबौंको अचल सम्पत्ती आफ्नो, श्रीमती, सासु, भिनाजु, दिदी, क्यानडामा भएको बहिनी, सालो भाई आदीको नाममा सम्पत्ति खरिद गरी लुकाई राखेका छन् । यो सबै कुरा सत्य हो । जुन कुरा बिभिन्न संचार माध्यममा जग्गा, क्षेत्रफल, कित्ता नै सहित प्रकाशित भएको छ ।
ण) जेठी सासु सुनौला प्रजापतिले २३-०७, २०२० मा Macro Tech Pvt. Ltd. को नाउँमा रु. ७०,००,०००/- सत्तरी लाखको भुक्तानी दिनुले केको लागि र किन ? भन्ने कुराको प्रष्ट हुन्छ ।
त) कैलाश खड्काको एकलौटी नेतृत्व र दादागिरीको विषयमा महासंघको तत्कालिन ब. उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत केही व्यक्तिहरुले कैलाश खड्काको आर्थिक गतिविधिको विरोध जनाई, प्रतिवेदन समेत सार्वजनिक गर्नु भएको थियो । ऐक्यवद्धता पत्रमा हस्ताक्षर समेत भएको थियो । ३६ स्वास्थ्य संस्था मध्ये कैलाश खड्कालाई अब उपरान्त २००० नदिने भनेर करिब ३० वटा संस्था सहमत भई कैलाश खड्कालाई बुझाएको रकम रु. १ अर्ब फिर्ता माग गर्न हस्ताक्षर गरेका थिए ।
थ) हाल रु.२०००/- नबुझाउँदा बन्द रहेका संस्थाको पीडा कैलाश खड्काको दादागिरी हो ।
द) यो System ठीक छैन, यस्तो गैरकानुनी कार्यबाट हामीलाई पैसा कमाउनु छैन भनी केही व्यवसायीले शेयर बेचेर बाहिरिनु भयो भने केहीले संस्था नै बेचेर अलग्गिएको अवस्था छ ।
ध) ३६ व्यवसायीलाई कैलाश खड्काले गरेको अन्याय, अत्याचार सबै जानकारी छ तर बाध्यताले रकम बुझाई काम गरिरहेका छन् । केही व्यवसायीको मेनपावर कम्पनी भएको र भित्री रुपमा अन्य व्यवसाय पनि सञ्चालन गरेकाले उसलाई साथ दिइरहेका छन् ।
न) कैलाश खड्का पूनः महासंघको अध्यक्ष भएका छन्, निर्विरोध । किनभने विरोध गर्नेहरुको सफ्टवेयर उनले बन्द गरिदिन्छन् र गरिरहेका पनि छन् । सबै व्यवसायीलाई मलेसियाको Distance बाट टाढा राखेर एकलौटी गरेका छन् ।
प) हाल Micro Tech Co. को नाममा NC बैंकमा एकल खाता सञ्चालन गरेको । यसरी नेपाल स्वास्थ्य व्यवसायी महासंघ जस्तो गरिमामय संस्थाको अध्यक्ष समेत रहेका कैलाश खड्काले आफ्नो पदको दुरुपयोग गरी आफ्ना पार्टनरलाई दुःख पीडा दिने, पाउनु पर्ने रकम नदिने, व्यवसायीलाई विभिन्न डर, त्रास, धम्की दिई अवैध रुपमा रकम असुल गर्ने, ठगी गर्ने, राज्यलाई तिर्न बुझाउनु पर्ने कर तथा शुल्क नबुझाई राजश्व हिनामिना गर्ने, विदेशी दलालसँग मिली हुण्डी कारोबार मार्फत् देशको पैसा विदेश पठाउनें, मिटर व्याजमा पैसा लगाउने, मलेसियाको बायो मेडिक प्रणाली जडान गरिदिन्छु भनी पैसा असुल उपर गर्ने, कार्य नगर्ने, समग्रमा अनैतिक कार्य गर्ने, गलत अभिव्यक्ति दिने, भ्रष्टाचार गर्ने, राजश्व हिनामिना गर्ने, व्यवसायीलाई विभिन्न वहानामा रकम ठगी गर्ने, गलत रिपोर्ट बनाई विभिन्न निकायमा पेश गर्ने र यस कार्यलाई मुख्य रुपमा सघाउ गर्ने, सम्पूर्ण कागजात लुकाई राख्ने र हुण्डी कारोबारमा सहभागी हुने क्रिष्टल डाइग्नोष्टिक सेन्टर एवं A Quality Medical Center, सिनामंगलका सञ्चालक रविन्द्र के सी समेतलाई तत्काल अनुसन्धान गरी आवश्यक कारवाही गरी, हामी संचालक, व्यवसायी र सम्बन्धित पीडित व्यक्ति तथा निकायलाई रकम असुल उपर गराईदिनु हुन बिनम्र अनुरोध छ । यस बुँदाहरुसँग सम्बन्धित कागजातहरु यसै पत्रमा संलग्न गरिएको छ । -जनसवाल राष्ट्रिय दैनिकबाट साभार


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलाश खड्का

तपाईको प्रतिक्रिया दिनुहोस