Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर(२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएको उनले बताए । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस