Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

प्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित


काठमाडौँ -संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो ।

यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो ।

सरकारले २० जनालाई राजदूतमा सिफारिस गरेकोमा ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ ।समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको र हरेक दिन बिहान दुई जना र बेलुकी दुई जना गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रस्तावित राजदूतको नाम संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् । समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको छ ।
सरकारले सिफारिस गरेका राजदूतमा अनुमोदित हुनेमा खाडी मुलुक ओमानमा सफल कार्यकाल पुरा गरि चर्चाको शिखर चुमेकी डा।शर्मिला पराजुली ढकाललाई स्पेनका लागि चयन भएकी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजदुत

तपाईको प्रतिक्रिया दिनुहोस