Techie IT
×
गृहपृष्ठसमाचारवडा सदस्यमा विजय भएको खबर सुन्न नपाई अस्ताए सूर्जे मगर

वडा सदस्यमा विजय भएको खबर सुन्न नपाई अस्ताए सूर्जे मगर


धनकुटाको चौविसे गाउँपालिका – २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ ।

उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ ।

अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको हो । मगरका दुई छोरा र पत्नी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मृत्यु, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस