गृहपृष्ठ ∕ समाचार ∕ मोरङका नाका बन्द गरिने मोरङका नाका बन्द गरिने दीप संञ्चार वैशाख २६, २०७९ गते २१:४५ मा प्रकाशित जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पत्र गर्न मोरङसँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।मदिरा निषेधयसैगरी, सोही सन्दर्भमा जिल्लामा मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।यही वैशाख २७ गते राति १२ देखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङ जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लिखित क्रियाकलाप नगरी, गराई सहयोग गर्न हुन सबैलाई अनुरोध गरेको छ । यो आदेश बर्खिलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।रासस क्याटेगोरी : समाचारट्याग : #नाका बन्द तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल