Techie IT
×
गृहपृष्ठसमाचारअथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ

अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ


आमा आहा मनबाटै आनन्द आउने शब्द
म बयान गर्नै सक्दिन म शब्दमा भर्नै सक्दिन

मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै  छैन होला ।

तिमी छौ र पो मेरो अस्तित्व छ अनि म छु, छोरी भएर बाच्न सिकाएको पाठ छ कति प्यारो छ यो आमा…

शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् या नराम्रो सपनाबाट बिउँझिदा घरी घरी तिमीलाई नै पहिला सम्झिन्छु आमा ।

भौतिक शरीर तिमीबाटा अलिक टाढा छ तर पनि यो मन खै किन तिम्रै काखमा पोल्टोमा लुटुपुटीन खोजिरहन्छ । तिमीसँगै भएर बात गरिरहन खोज्छ। अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आमा

तपाईको प्रतिक्रिया दिनुहोस