Techie IT
×
गृहपृष्ठसमाचारमोटरसाईकल दुर्घटनामा एकको मृत्यु,एक जना गम्भीर घाइते

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु,एक जना गम्भीर घाइते


पुर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् ।​

तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि।आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस