गृहपृष्ठ ∕ समाचार ∕ मोटरसाईकल दुर्घटनामा एकको मृत्यु,एक जना गम्भीर घाइते मोटरसाईकल दुर्घटनामा एकको मृत्यु,एक जना गम्भीर घाइते दीप संञ्चार चैत्र २५, २०७८ गते ९:२४ मा प्रकाशित पुर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् ।तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि।आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप