गृहपृष्ठ ∕ समाचार ∕ हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय ! हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय ! दीप संञ्चार चैत्र २५, २०७८ गते ९:१४ मा प्रकाशित काठमाडौँ -सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने समेत निर्णय गरेको छ । त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन। आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रिपरिषद्ले कार्यान्वयन गरेको हो।क्याटेगोरी : समाचारट्याग : #सार्वजनिक विदा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने