Techie IT
×
गृहपृष्ठसमाचारएनआईसी एसिया बैंक बाट गायब भयो कृष्ण हजराको लाखौं रकम

एनआईसी एसिया बैंक बाट गायब भयो कृष्ण हजराको लाखौं रकम


कटहरिया–९ का कृष्ण कुमार हजराको एनआईसी एसिया बैंकको खातामा रहेको ४ लाख २ हजार रुपैयाँ एकाएक गायब भएको छ । सुरक्षित हिसाबले सर्बसाधारण बैंकमा पैसा राख्ने गर्छन् तर गत चैत १५ गते मंगलवार एकदमै रहस्यमय घटना घटेको छ । हजराले बैङकमा राखेको पैसा बैंकबाट नै गायब भएको छ ।

हजराले सोही दिन आफनो खातामा ५ लाख रुपैया जम्मा गरेका थिए । बेलुका उनको खाता बाट कसैले मोबाइल बैंकिङ्ग प्रयोग तिन लाख रकम झिकेछ । बैंक खुलुन्जेल उनको खाता बाट ४ लाख २ हजार रुपैयाँ गायब भयो । केहि महिना अघि उनले एनआईसी एसिया बैंकको कोल्हबी शाखा बाट ऋण लिएका थिए । त्यही ऋण तिर्ने हिसाबले आफनो खेत बेचेर उक्त रकम जम्मा गरेका थिए ।

तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।
हजराको मोबाइलमा बैंकबाट २५÷२५ हजार रुपैयाँ डेबिट भएको ९निकालेको० म्यासेज आयो । त्यसको केही बेरमै फेरि २५÷२५ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक धेरै पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । मेरो मोबाइल बैंकिङ्ग चलाउने मोबाइल पनि छैन् । के भयो भनेर बैंकमा गएर बुझ्दा कसैले खलती बाट रकम ट्रान्सफर गरेको जानकारी पाएँ,’ हजराले भने । यो खबर शाखा प्रबन्धक लाइ सुनाएपछि उनको खाता बलक गरे ।
बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।

हजराले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु प¥यो भन्दा प्रहरीमा उजुरी दिन भनियो ।
त्यसपछि हजरा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएर उजुरी दिए । प्रशासनले पनि कुनै वास्ता नगरेपछि पुनः आज आइतवार हजरा बैंकमा पुगेका थिए । उनको यो घटना बारे बैंकले आवश्यक कदम चालेको बैंक स्रोतले भनेको छ ।

२१ औ शताब्दी बिज्ञान र प्रबिधिको आधुनिक युग हो । बिज्ञान र प्रबिधिको बिकास सगसगै बिकास हुँदै आएको अर्को कुरा हो बैङ्क तथा बित्तीय संस्थाहरु यिनै बैंकहरुको बिकास पछी अहिले रुपैयापैसा पनि डिजिटल बन्न पुगेको छ ।
मान्छेले घर बसेर नै लाखौ करोडौको कारोबार गर्न थाले र पैसा बिश्वको कुनैपनी देशबाट अर्को देशमा पठाउन कुनै समस्या नै हुन छाड्यो र यो सबै बैंककै कारणले सम्भब भएको हो ।
तर यो बिषय भने यहि बैङ्किङमा भएको त्रुटिले उब्जाएको शंका आम चर्चाको विषय बनेको छ । यस अघि पनि एनआइसि एसिया बैंक शाखा कटहरिया बाट नै बिजय महारा नामको व्यक्ती खाता बाट करिब १६ लाख रुपैया गायब पारि दिइएको थियो । धेरै मिहिनेत पनि महराले पैसा फिर्ता पाएका थिए ।
यस्ता घटनाहरु बारम्बार घटि रहँदा बैंक प्रशासन कुनै ठोस कदम नचाल्नु बिडम्बना रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस