गृहपृष्ठ ∕ समाचार ∕ रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु दीप संञ्चार चैत्र २०, २०७८ गते ९:०० मा प्रकाशित तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।यसैगरी शनिबार नै झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । उक्त बाँधमा एक वर्षअघि समेत पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।राससक्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप