Techie IT
×
गृहपृष्ठसमाचारइटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते

इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते


काठमाडौँ -सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

बिष्फोटबाट आँखामा चोट लागेका थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य छ।उनीहरू डेरामा बस्दै आएका थिए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चासमेत बरामद गरेको छ । यो परिषद्ले गत फागुनदेखि संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, एमसीसी सम्झौता खारेजलगायतका माग राख्दै सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #बम विष्फोट

तपाईको प्रतिक्रिया दिनुहोस