Techie IT
×
गृहपृष्ठसमाचारदुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु


चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस