गृहपृष्ठ ∕ समाचार ∕ शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा दीप संञ्चार चैत्र १०, २०७८ गते ७:१२ मा प्रकाशित काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेद्धारा गठित निर्वाचन समितिका सदस्यहरुले सामूहिक राजिनामा दिएका छन ।निर्वाचनका प्रमुख आयुक्त विश्वनाथ वराल सहित ४ जना माथि घलेले अभद्र व्यवहार गरे पछि बुधवार सामुहिक राजिनामा दिएका हुन । उनीहरुलाई घलेले १३२ जना मतदाताको नाम देखाएर निर्वाचन गराउन दवाव दिएका छन । तर निर्वाचन समितिले सदस्यहरुको कमी भएको र ठुलो मात्रामा सदस्यहरुले बहिस्कार गरेकाले निर्वाचन गराउन नसक्ने बताएपछि घलेले अभद्र व्यवहार गर्दै आफुले प्रधानमन्त्रीले भनेको त नमान्ने भन्दै निर्वाचनका पदाधिकारीलाई अपमानित शब्दहरु प्रयोग गरेको एक सदस्यले बताए ।घलेद्वारा गठन गरिएको निर्वाचन समितिलाईनै घलेले दूर्ब्यवहार गरेको भन्दै समितिका सबैले राजिनामा दिएका छन । निर्वाचन समितिद्वारा आज प्रेस बिज्ञप्ती जारि गर्दै उक्त घोषणा गरिएको हो ।प्रेस बिज्ञप्तीमा ‘गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत मार्च ६ तारिख २०२२ मा बसेको बैठकले दिएको म्यान्डेट अनुरुप प्रमुख संरक्षक शेष घलेले गठन गरेको निर्वाचन समितिमा रही हामीले काम गरिरहेकोमा एनसीसीका अध्यक्षहरुले नै हाल सुरु गरिएको निर्वाचन प्रक्रिया संघको विधान र नियमावली विपरित हुनुका साथै संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले अगाडि बढाइएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट सबै एनसीसीले फिर्ता लिएको हामीलाई जानकारी गराएको’ उल्लेख गरेका छन ।बिज्ञप्तीमा भनिएको छ “मिति २३ मार्च २०२२ का दिन अपरान्ह निर्वाचन अधिकृतहरुको बैठकमा प्रमुख संरक्षकले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गर्नुभएको प्रति गम्भीर आपत्ति गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप