Techie IT
×
गृहपृष्ठसमाचारप्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु आदेश जारी

प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु आदेश जारी


मोरङको लेटाङमा भएको झडप नियन्त्रणमा खटिएकी एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । आक्रोशित स्थानीयको भीडमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरीको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस