Techie IT
×
गृहपृष्ठसमाचारकालीगण्डकी नदीमा एक पुरुष मृत फेला

कालीगण्डकी नदीमा एक पुरुष मृत फेला


काठमाडौँ -स्याङ्जाका एक पुरुष पाल्पास्थित कालीगण्डकी नदीमा मृत फेला परेका छन् ।

स्याङ्जाको ग्ल्याङ्ग नगरपालिका–१ मालुङ्गा निवासी ६० वर्षीया मानबहादुर बिक पाल्पाको रामपुर नगरपालिका –१ आँपचौरस्थित कालीगण्डकी नदीमा फेला परेका हुन् ।

पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बिक पाल्पाको रम्भा गाउँपालिका –१ हुँगीमा दाजुलाई भेट्न चैत्र १ गते आएका थिए ।

सोही दिन त्यहाँबाट फर्किएको बताइने बिक त्यसपछि बेखबर भई खोजतलास गरिएको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #मृत फेला

तपाईको प्रतिक्रिया दिनुहोस